काठमाण्डौ – कोटेश्वरको महादेवस्थानमा मेलम्चीको खानेपानी पाइप लाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् । आज सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत आफ्नो क्षेत्रमा पानी पाइप लाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्...