सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

२९ कात्तिक, काठमाडौं । सोमबार सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले सस्तो भएको छ ।

आइतबार ९४ हजार ६ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । आइतबार तोलामा १,२९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १,२८० रुपैयाँ कायम भएको छ ।