मिर्गौला दिवसमा मैत्रीपूर्ण फुटबल

२६ फागुन, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय मिेर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मिर्गौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो ।

स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा गरेका थिए ।