December 3, 2022, Saturday
२०७९ मंसिर १७

तिलाठीमा गरे जागरुक कृषि सहकारी संस्थाको उद्घाटन

राजविराज, ३० श्रावण । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वार्ड नम्बर १ तिलाठीमा एक कार्यक्रमबीच जागरुक कृषि सहकारी संस्थाको कार्यालय उद्धघाटन गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्ही स्थित संस्थाको अध्यक्ष रंजित कुमार झाके अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, युवा नेता निरज मुक्ती, वडा नम्बर १ को अध्यक्ष दिनेशवर मिश्र, स्थानिय बुद्धजिवी मोति नारायण मिश्रलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरिएको थियो ।

सहकारी संस्थाका प्रगतिको शुभकामना दिदैँ गाउँपालिका अध्यक्ष सिंहले भने– अफ्नो तर्फवाट संस्थालाई सहयोग गर्न हरेक समय त्यार रहेको बताए ।

सहकारीको अगाडी बढाउन आफु सदैव यूवाहरुको साथमा रहने युवा नेता निरज मुक्तीले बताए । कार्यक्रममा उपस्थित भएका अतिथिहरुको गम्छा लगाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम सञ्चालन काशिन्दर कुमार शर्मा गरे ।