December 3, 2022, Saturday
२०७९ मंसिर १७

कैलालीमा ११० ग्राम खैरो हिरोइनसहित युुवक पक्राउ

२ साउन, धनगढी । कैलालीमा लागुुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–४ मा लागुुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले सोही ठाउँका २१ वर्षीय अर्जुुन साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले साउँदलाई एक सय १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

लागुऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर उनीमाथि अनुुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।