‘अ थर्सडे’को ट्रेलर रिलिज, यामी गौतम ‘नेगेटिभ रोल’मा
२७ माघ, काठमाडौं । ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारको चलचित्र ‘भूत पुलिस’पछि बलिउड अभिनेत्री यामी गौतम नयाँ चलचित्र ‘अ थर्सडे’मा देखिंदैछिन् । उनको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर बिहीबार रिलिज गरिएको छ ।
‘अ थर्सडे’ अ वेडनसडे’को सिक्वेल हो । ट्रेलरले यो सन्सपेन्स ड्रामा चलचित्र भएको देखाउँछ । यामी यो चलचित्रमा ‘नेगेटिभ’ भूमिकामा देखिंदैछिन् ।
यामीले ‘अ थर्सडे’मा एक किन्डरगार्डेन स्कुलकी टिचर ‘नैना’को भूमिका निर्वाह गरेकी छन् । जो आफ्नो स्कुलका १६ बच्चालाई बन्धक बनाउँछिन् ।
यो चलचित्र यही फेब्रुअरी १७ मा डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ । बेहजाद खन्बाटाको निर्देशन रहेको यो चलचित्रमा यामीका साथै डिम्पल कपाडिया, नेहा धुपिया र अतुल कुलकर्णीको मुख्य भूमिका रहेको छ ।
#शैक्षिक सत्र
प्रतिकृया दिनुहोस्