नेकपा ( मालेमा केन्द्र ) द्रारा चुनाव बहिष्कारको घोषणा

                  एन.के.एन नेपाल
डेक्स असोज २५ गते ।
नेपाल कम्युनिस्ट पार्टी ( मालेमा केन्द्र ) को केन्द्रिय कार्यालयले आज एउटा विज्ञपति जारी गर्दै आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव बहिष्कार गर्ने विज्ञप्तिमा उल्लेख छ। आज मालेमा केन्द्रको केन्द्रिय समितिको पुर्णबैठक सम्पन्न भएको छ ।पार्टीका महासचिव क. नाम्गेल मोक्तान र पार्टीका राष्ट्रिय अध्यक्ष क.समीर मण्डलको अध्यक्षतामा चुनाव बहिष्कार कार्याक्रम   सप्पन्न भएको छ । बैठक द्रारा हुन् गइरहेको संघिय तथा प्रादेशिक दलाल संसदीय निर्वाचनलाई पुर्ण रुपले बहिष्कार गर्ने निर्णय भएको खबर प्राप्त भएको छ।                        बैठक  बैठकद्रारा बहिष्कार आन्दोलनमा सक्रिय रहेका राजनीति शक्तिहरु नेकपा ( कान्तिकारी माओवादी ), नेकपा ( मसाल ) महाधिवेशन आयोजक समिति र नेकपा ( बहुमत ) लगायतका पार्टीहरु सग सहकार्य गरि बहिष्कार आन्दोलन लाई शस्क्त ढंगले अगाडी बढाइने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।