December 3, 2022, Saturday
२०७९ मंसिर १७

‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त

फिल्म ‘अस्तित्वको लडाईं’ को शुभ–मुहूर्त गरिएको छ  । गोविन्द गौतमको निर्देशन रहने फिल्मको शुक्रबार मकवानपुरको चैनपुर राक्सिराङमा एक कार्यक्रमका बीच मुहूर्त गरिएको हो । चेपाङ समुदायको कथामा निर्माण हुन लागेको फिल्म निर्देशक गौतमले नै लेखेका हुन् ।

फिल्मको छायाँकन तिहारपछि मात्र सुरु हुन कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी दिए । सरिता ढुंगाना निर्माता रहेको फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । फिल्ममा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बनियाँलगायतका कलाकारको अभिनय रहनेछ ।

रामशरण कोइराला एसोसिएट निर्देशक रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द रहनेछ । फिल्म यसै वर्षको अन्त्यसम्म प्रदर्शनमा ल्याइने निर्देशक गौतमले जानकारी दिए ।