सुबिसुको २१ वार्षिकोत्सवको अवसरमा रौतहटमा रक्तदान कार्यक्रम सम्पन

ईन्टरनेट सेवा प्रदायक सुबिसु केवल नेट लिमिटेडले आफनो  २१ औं वार्षिकोत्सवको अवसरमा आज आफनो रौतहटको शाखा कार्यालय गरुडामा रक्तदान कार्यक्रम  सम्पन्न गरेको छ ।

बिहान ९  बजेदेखि मध्यान्ह १२ बजेसम्म आयोजना गरिएको रक्तदान कार्यक्रममा सुबिसु केवल नेट लिमिटेड गरुडाका शाखा प्रबन्धक सुनिल कुमार ठाकुरले रगतदान गरि कार्यक्रमको सुरुवात गरिएको छ भने अजय शर्मा, राम अधार सहनी, सचेन्द्र ठाकुर, राजु जैश्वाल, इमरान सिदकि, बिबेक ठाकुर, नन्द किशोर राय यादव, विनय साह  साथै इलाका प्रहरी कार्यालय गरुडाका डि. एस. पी. श्री राम भण्डारीले रक्तदान कार्यक्रमको सुरुवात गरेका हुन् ।

कार्यक्रममा बोल्दै सुबिसु केवल नेट लिमिटेड गरुडाका  शाखा प्रबन्धक सुनिल कुमार ठाकुरले रक्तदान जीवन दान हो भन्दै सबैलाई रक्तदानका कार्यक्रममा सहभागी हुनुपर्ने बताएका छन् । उनले रगतको अभावमा कोही कसैले अकाल मै ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले सुबिसुको वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रम गरिएको जानकारी दिए ।

रक्त दान माहा दान, रक्तदानले धेरैको जीवन बचाउने उल्लेख गर्दै उनले यस्ता कार्यक्रमहरु निष्पक्षरुपमा समाजको भलाईका लागि हुने भएकोले निशंकोच भएर रक्तदान कार्यक्रममा सहभागी हुनुपर्ने बताएका हुन् ।