December 3, 2022, Saturday
२०७९ मंसिर १७

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

२४ असार, धनगढी । डडेल्धुरामा पहिरो खसेपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा बिहीबार बिहान खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाबाट छुटेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।