December 3, 2022, Saturday
२०७९ मंसिर १७

१६ खर्ब ३२ अर्बको संशोधित बजेट, क्यान्सर र मिर्गौला रोगीलाई मासिक ५ हजार, ‘पढ्दै कमाउँदै कार्यक्रम’

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसदको नाराबाजी र अबरोधका बीच अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड बजेटमा केही घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।