नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो
२७ फागुन, काठमाडौं । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको श्रीलङ्का संयुक्त–११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो । श्रीलङ्का संयुक्त–११ का लागि अनुक फ्रेर्नान्डोले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सान्दुन विराक्कोडीले ४९ रन बनाए भने दिलसान मुनविराले १४, उपुल थरङ्गाले ३, थिसेरा परेराले ८, चमारा सिल्भाले ६, दिलरुवान परेराले १४, प्रसन्नाले १२, कुमारस्वामीले ३० तथा निमन्थाले १८ रनको योगदान गरे ।
प्रतिकृया दिनुहोस्