सप्तरीमा कांग्रेसको पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व
- NKN Nepal
- प्रकाशित मिति : २०७८ फाल्गुन २८, शनिबार
- 21472 views
नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ । उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन्
२८ फागुन, सप्तरी । नेपाली कांग्रेस सप्तरीमा सभापतिबाहेकका पदाधिकारीमा संस्थापन पक्षको वर्चश्व भएको छ ।
उपसभापति, सचिव र सहसचिवमा संस्थापन पक्षकै उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा संस्थापन पक्षका फतेह मोहम्मद १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका छन् ।
पराजित भएका डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुबनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गरे ।
सचिव पदमा संस्थापन पक्षका प्रभुनारायण चौधरी १ हजार १ सय ८२ र सनतकुमार मण्डल १ हजार ७५ मत ल्याएर निर्वाचित भएका छन् । कोइराला पक्षका नन्दकिशोर यादव १ हजार २७ र दुर्गानन्द यादवले ७ सय ४५ मत प्राप्त गरे ।
सहसचिवमा संस्थापन पक्षका घनश्याम साह घन्सी १ हजार २ सय ६५ र मनोज कुमार खड्का १ हजार ८६ मत ल्याएर निर्वाचित हुँदा कोइराला पक्षका रामसुन्दर मण्डल ८ सय ४५ र मुश्लिम मियाँले ७ सय ५० मत पाए ।
यसअघि पार्टीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह निर्वाचित भएका थिए ।

भर्खरै
- स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा
- मेलम्चीको खानेपानी पाइप लाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र
- संघीयता कार्यान्वनमा चुनौती कायमै : मुख्यमन्त्री राउत
- नेकपा ( मालेमा केन्द्र ) द्रारा चुनाव बहिष्कारको घोषणा
- सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्ने
- पर्साका नुरुलहोदा जसपा को समानुपातिक बन्दसूचीमा
- फेटा गाउँपालिकाको वडा न ६ मा तराजुको पहिलो विजय

धेरै पटक हेरिएको

प्रतिकृया दिनुहोस्