पूर्व राजा ज्ञानेन्द्रको सम्बोधन देशवासीको नाममा

के सत्ता फेरी जाला पुनः राजाको हाथमा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहे शासन सत्ता आफ्नो हातमा लिन तयार रहेको  कुुुुरा बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट  ज्ञानेन्द्र शाहले देशवासीलाई बक्सेकाे विशेष सन्देश भन्दै भाइरल भइरहेको विज्ञप्तीमा शाहले ‘देशले मागेको सहयोग’ गर्न सम्पूर्ण देशवासीलाई अपिल गर्नु भएको छ।विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा सबै मित्र, सहयोगी तथा शुभचिन्तकहरुलाई आफ्ना व्यक्तिगत तुष्टी पूर्वाग्रह र अनावश्यक शंका र उपशंका गर्न बाट टाढा नै रही ‘देशले मागेको सहयोग गर्न’ म सबैमा विनम्रता पुर्वक अनुरोध गर्दछु।

शाहले अहिले सम्पूर्ण नेपालीमा देशभक्ति प्रदर्शन गर्ने चुनौती आएको बताउनु भएको छ। ‘केहि प्रश्नहरु भए तपाईहरुले छातीमा हात राखेर आफ्नो मनलाई सोध्ने, र अरुका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ। अब तपाईहरु समक्ष आफ्नो देश भक्ति प्रदर्शन गर्न चुनौती आएको छ, भन्दै भावुक वीडियो पोस्ट गरेका थिए । एस्तो बिसम परिस्थितिमा राजाले येसरी सोशल मिडियाबाट आउनु भनेको राजाले पुनः आफ्नो देश चलाउन तयारी रहेको कुरा प्रस्ट देखींन छ ।