December 3, 2022, Saturday
२०७९ मंसिर १७

स्वास्थ्य समाग्री सहयोग

१९ असार, रौतहट । नेपाल लगाएत विश्वभरी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोराना भाइरस कोभिड १९ को संक्रमण यस जिल्लाका विभिन्न स्थानहरुमा तीव्र रुपमा बढ्दै गईरहेकोले उक्त संक्रमण रोकथाम र नियन्त्रणका लागि ग्रामीण विकास केन्द्र नेपालले ईश्लामिक रेलिफ नेपाल र ईश्लामिक रेलिफ क्यानडाको सहयोगमा नेपालमा कोरोनाको दोस्रो लहर प्रतिकार्य परियोजना २०७८ अन्तर्गत गौर अस्पतालका मेडिकल सुपरिडेन्ट डा. कृष्ण साह र परोहा नपाका नगर प्रमुख शेख वकिललाई संस्थाका अध्यक्ष पारस हुसैनले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

बुधवार, ग्रामीण विकास केन्द्र नेपालले पल्स अक्सिमिटर ३५ वटा, एन ९५ मास्क ३५० वटा, सेनिटाईजर २२० बोतल, पी पी ई फुल ११७ सेट, सर्जिकल गल्बस १५० बक्स, भिटीएम कीट १२०० पीस तथा औषधीहरु गरी जम्मा रु. ५८२०९.०० बरावरको सहयोग गरेको संस्थाका अध्यक्ष पारस हुसैनले जानकारी दिए ।

डा. साहले अस्पतालमा यस स्वास्थ्य सामग्रीहरुले अस्पतालमा खटिने कर्मचारी, विरमी तथा विरामी कुरुवा ठुलो सहयोग हुने र अगामी दिनमा यस्ता सहयोग भई रहोस भनि गर्ने भनि ईश्लामिक रेलिफ नेपाल र लागि ग्रामीण विकास केन्द्र नेपाललाई धन्यवाद् दिएको छ ।

आपत्कालीन प्रतिकार्य संयोजक विजय साह वनियाले जुन स्वास्थ्य समाग्रीहरु हामीले कोभिड अस्पताललाई हस्तान्रण गर्‍यो त्यस समाग्रीहरुबाट हामी एक जनाको पनि ज्यान जोगाउन सक्यौं भन्ने त्यही यस कार्यक्रमको ठूलो उपलब्धी हुनेछ र अगामी २० दिनभित्र आईसिइयू मेशीन सेट, अक्सिजन सिलिण्डर, विरामी वेड तथा कन्सेनट्रेक्टर आदि लगाएतका मेडिकल उपकरणहरु गौर अस्पताल, चन्द्रपुर अस्थायी कोभिड अस्पताल तथा परोहा अस्पतालमा दिने जानकारी गरायो ।