December 3, 2022, Saturday
२०७९ मंसिर १७

रौतहटको धर्मपुर पुलमा सवारी दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु

रौतहटमा सवारी दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको गढिमाई नगरपालिका–६ धर्मपुर घाट स्थित बागमति नदिको पुलमा सोमवार राति ९ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको छोटौल बैरिया घर भएका प्रहरी जवान राम निवास यादवको मृत्यु भएको छ । रौतहटको प्रहरी चौकी बडहर्वामा कार्यरत रहेका प्रहरी जवान यादवको दुर्घटनामा परेर मृत्यु भएको हो । आफना घर सर्लाहीबाट विदा सकेर डिउटीमा फर्किने क्रममा यादव दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्री राम भण्डावरीले जनाएको छ ।

सर्लाहीबाट रौतहट तर्फ आउँदै गरेको अवस्थामा उक्त पुलमा यादवले आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको बताइएको छ । घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक श्री राम भण्डारीले जानकारी दिएका छन ।यसको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक भण्डारी बताएका छन ।