December 3, 2022, Saturday
२०७९ मंसिर १७

धनुषा – सिरहा जोड्ने निर्माणधिन कमला पुलको निरिक्षणमा मन्त्री अरगरिया

जनकपुरधाम,४ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कमला नदीको निर्मार्णाधिन पुलको निरीक्षण गरेका छन् ।

मन्त्री भएपछि बुधवार गृहजिल्ला धनुषा आएका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट तथा विकास निर्माणका काम कारवाहीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइरहेका छन्।

यसैक्रममा शुक्रवार मन्त्री अरगरियाले निर्मार्णाधिन धनुषा-सिरहा जोड्ने कमला नदीको पुलको निरीक्षण गरेका हुन्। पुलको निर्माण कार्य अन्तिम चरणमा छ।

निरीक्षणको क्रममा ठेकेदार कम्पनीका इन्जीनियरले १५ दिनभित्रै पुल स ञ्चालनमा आउने प्रतिबद्धता मन्त्री अरगरियासँग जनाएका थिए। मन्त्री अरगरियाले समयमै काम सक्न निर्देशन दिएका थिए।

‘यो पुल संचालनमा आएपछि सिरहा र सप्तरीका लाखौं जनता लाभान्वित हुनेछन्। यहाँ मजबुत तटबन्ध निर्माणका लागि आवश्यक पहल गर्नेछु,’ मन्त्री अरगरियाले भने। मन्त्रीसँगै यहाँका स्थानीय पनि पुल निर्माण स्थलमा पुगेका थिए।