December 3, 2022, Saturday
२०७९ मंसिर १७

चोरीकोे मोटरसाइकलसहित एकजना पक्राउ

कपिलवस्तु साउन ११ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी भएको मोटरसाइकल सहित १ जना पक्राउ गरेको छ । पक्राउ हुनेमा यशोधरा गाउँपालिका ५ लोहरौलीका वर्ष २१ का तौफिक पठान रहेका छन् । पठानले कपिलवस्तु नगरपालिका १ बस्ने नेपाली कांग्रेसका जिल्ला नेता मोहम्मद असरद वाजिहको बा ७२ प ६३११ नम्वरको १५० सिसिको पल्सर बाइक चोरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

वाजिहको मोटरसाइकल जेठ २४ गते हराए पछि खोजलतासका लागि प्रहरीमा निवेदन दिएका थिए । चेकिङका क्रममा काजग पत्र नभेटिए पछि च्याचिस नम्वर र इन्जिन नम्वर भिडाउने क्रममा चोरी भएको मोटरसाइकल रहेको खुलेको थियो । पक्राउ परेका पठानलाई चोरी मुद्धामा थप अनुसन्धान भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।