December 6, 2022, Tuesday
२०७९ मंसिर २०

कोभिड महामारी विरुद्ध पुरस्कारबाट सम्मानित

नारायणी अस्पताल बीरगंजका वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंह ले कोभिड महामारी विरुद्ध प्रदेश २ मै उल्लेखनीय भूमिका निर्वाह गरे वापत बारबरा फाउन्डेशन पुरस्कारबाट आज सम्मानित हुनु भएको छ।

वीरगञ्जको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.निरज कुमार सिंह बारबरा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
बारबरा फाउण्डेसनले शनिबार काठमाण्डौमा कार्यक्रम गरी डा.सिंहलाई रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरेको हो ।

बारबरा फाउण्डेसनद्वारा शनिबार काठमाण्डौमा आयोजित सम्मान कार्यक्रमकाबीच डा.सिंहलाई पूर्व राष्ट्रपति डा.रामबरण यादबले रु.२ लाख ५० हजार रासीको पुरस्कारका साथ सम्मान पत्रले पुरस्कृत गरेका हुन् ।