December 3, 2022, Saturday
२०७९ मंसिर १७

प्रतिक दैनिकको ३५ औं बार्षिकोत्सवमा १२ जनाद्वारा रक्तदान ।

वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ३५ बार्षिकोत्सवको उपलक्ष्यमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दैनिकको कार्यालय वीरगंज-११ मा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरेको रत्तसंचार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान गर्नेहरूमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महासंघ पर्साका सदस्य धर्मेन्द्र चौरसिया, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ( फोनिज ) पर्साका कार्यवाहक अध्यक्ष तथा उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित भुजेल, फोटो पत्रकार नितेश कश्याप, सञ्चारकर्मीहरू राधेश्याम पटेल, बलिराम शुक्ला “पर्सेली बाबु” , राजेश मिश्र, शिक्षाविद्ध भरत सहनी लगायतकाले रक्तदान गर्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका प्रमुख अधिकृत उदयराज शर्माको नेतृत्वमा रहेका रक्तसञ्चार केन्द्र वीरगंजका टोलीले प्रविधिक सहयोग गरेका प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठले बताउनु भयो ।

प्रतीक दैनिकले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा हरेक बर्ष रक्तदान गर्दै आएको छ । अघिल्लो बर्ष झै यस
वर्ष कोरोना महामारी र बर्षातको कारण रक्तदान कार्यक्रम प्रभावित भएको सो दैनिकका व्यवस्थापक/सम्पादक विकाश शर्माले बताउनु भयो।