December 3, 2022, Saturday
२०७९ मंसिर १७

यमुनामाई गाउँपालिकामा असार १५ को ‘सेलिब्रेसन’

 

१५ असार, यमुनामाई गाउँपालिका। असार १५ गते । सरकारले यो दिनलाई धेरै वर्षदेखि धान दिवसको रुपमा मनाउँदै आएको छ । यो दिन देशका धेरै ठाउँमा रोपाईं गर्नका लागि मौसम पनि अनुकूल हुन्छ । काठमाडौं उपत्यकामा त असार १५ गतेसम्म रोपाईं अन्तिम चरणमा पुगिसकेको हुन्छ ।

सरकारले धान दिवसको रुपमा मनाउने यो दिवस मन्त्री, सरकारी अधिकारी, नेता र शहरवासीमा रोपाईं ‘सेलिब्रेट’ गर्ने दिन बन्ने गरेको छ । यमुनामाईको छेउछाउमा रहेका फाँटहरुमा असार १५ मा नेता, मन्त्री र सरकारी अधिकारी खेत रोप्न पुग्छन् । सर्वसाधारणले पनि हिलो खेलेर रमाइलो गर्छन् ।

यमुनामाई गाउँपालिकामा रहेको फाँटमा मंगलबार वड़ा अध्यकछ नन्द लाल र नि. व. प्रशासकीय प्रमुख राम श्रेष्ठ राय यादव  लगायत अन्य यमुनामाई बासिन्दाहरु रोपाईं गर्न पुगेका थिए ।