स्वतन्त्र बाट फेटा गापा अध्यक्षमा उम्मेद्बारी:- मिरा देवि गुप्ता

साहिल देवान / बारा, बैशाख २१ गते।

बाराको फेटा गाउँपालिकामा स्वतन्त्र महिला उम्मेद्बारीमा मिरा देवि गुप्ता दिएकी छिन। स्थानीय तह निर्वाचन ,२०७९ मा महिलाले समेत प्रमुख पदमा उम्मेद्बारी दिएका छन। मिरा देविको चुनाव चिन्ह खरायो रहेकोे छ ।उनी सुरेश प्रसाद कलवार को श्रीमती रहेकोे छिन ।”शिक्षा ,स्वास्थय, रोजगारी ,बाटोघाटो लगायत अन्य छेत्रमा विकास गरिने प्रतिबद्ध रहेको बताइन । आफू महिला भए पनि पुरुष भन्दा बढी विकास गर्छु, बालमजदुर ,महिला हिंसा ,लगायतमा रोक लागाउछु। त्यस कारण सबै फेटा गाउँपालिका बासीहरु सग अनुरोध गर्छु कि यसपटक तपाईंहरुको अमुल्य भोट् मेरो चुनाव चिन्ह खरायोमा दिए म लाई भारी मतले विजयी बमाउनु होस “