फेटा गाउँपालिका वडा न १ अध्यक्षमा : जसपा बाट बिगन दास तत्मा विजयी
साहिल देवान ,बारा जेठ २ गते।
बाराको फेटा गाउँपालिका वडा न १ को वडा अध्यक्षमा जनता समाजबादी पार्टी बाट बिगन दास तत्मा ७९४ मत ल्याएर विजयी भएका छन । त्यस्तै जसापा बाट महिला सदस्य ७३०, दलित महिला सदस्य ७५८ र दुई जोड सदस्यले ७४९ मत ल्याएर विजयी भएका छन् । लोकतान्त्रिक समाजबादी पार्टी नेपाल बाट वडा सदस्य लोहा यादव ८११ मत ल्याएर विजयी भएका छन ।
जसपा वडा अध्यक्ष बिगन दास तत्माको प्रतिस्पर्धा गर्ने लोसपा नेपालका जय प्रकाश दास ७३५ मत ल्याएर पराजित भएका छन ।
प्रतिकृया दिनुहोस्