पाकिस्तानमा तीन हजार ७०० बढी सङ्क्रमित थपिए


काठमाडौं, साउन ११ गते । पाकिस्तानमा गएको चौबीस घण्टामा तीन हजार ७५२ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा ४९ हजार ९४७ नमूना परीक्षण गरिएको छ ।
एएनआईका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाका कुल सङ्क्रमित दश लाख आठ हजार ४४६ पुगेको छ । सोही अबधिमा ३२ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ । सङ्क्रमणबाट हालसम्म २३ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।